• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघको अध्यक्षमा आत्रेय सर्वसम्वत

अन्य पदमा उमेदवारी परेकाले निर्वाचन हुने सम्भावना वढ्यो

Lekhnath Khabar by Lekhnath Khabar
August 25, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ ९ भाद्र

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा छत्रधर आत्रेय सर्वसम्मत भएका छन् ।संघको भाद्र १८ र १९ गते हुन लागेको १३ औं महाधिवेशनका लागि मंगलवार भएको उमेदवार मनोनयनमा अध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निविरोध अध्यक्ष हुने भएका छन् ।

वि स २०६८ देखि संघमा सदस्य पदका रुपमा प्रबेश गरेका आत्रेय प्राध्यापन पेशा हुदै ब्यवसायिक क्षेत्रमा प्रबेश गरेका हुन् । आत्रेय संघमा कोषाध्यक्ष,महासचिव,प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुदै आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्वत भएका हुन् ।

सर्वसम्वत भएपछि आत्रेयले सवै ब्यवसायीको मन जित्ने गरि काम गर्ने र आफुले ब्यवसायीक क्षेत्रमा गरेको योगदानले सर्वसम्वत हुन पाएकोमा आम ब्यवसायीहरुलाई धन्यवाद दिदै कोभिडका कारण मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा सम्वन्धित निकायका आवाज उठाउने प्रतिवद्धता समेत जनाएका छन् ।

विगतको वर्षमा सवै पदमा सर्वसम्वत भए पनि यस वर्ष भने अन्य पदका लागि निर्वाचन हुने भएको छ ।वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारीको उमेदारी परेको छ भने प्रथम उपाध्यक्षमा बर्तमान द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा र पुर्व कार्यसमितिका द्धितिय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठको उमेदवारी परेको छ ।

यसै गरि द्वितीय उपाध्यक्षमा वर्तमान महासचिव गोपिचन्द्र वास्तोला र वर्तमान कार्यसमितिका सदस्य शैलेन्द्र मोहन भट्टराईको उमेदवारी परेको छ ।संघको महासचिव पदमा बर्तमान उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) र वर्तमान कार्यसमितिकी सदस्य मेनुका श्रेष्ठको उमेदवारी रहेको छ भने उपमहासचिवमा बर्तमान कोषाध्यक्ष जानुका अधिकारी र बर्तमान कार्यसमितिका सदस्य धिरजकुमार श्रेष्ठको उमेदवारी परेको निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिनु भएको छ।

सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा बर्तमान कार्यसमितिका सदस्य भिम बहादुर नेपाली (काईला­), भरत ओझा,रामजी पौडेल र दिलकुमारी शर्मा दाहाल समेत चार जनाको उमेदवारी परेको हो ।

यसैगरि आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक सस्थागत सदस्य र एक एशोसियट सदस्य गरि १२ जनाको लागि ३० जनाको उमेदवारी परेको छ ।

खुल्ला सदस्यका लागि २१ जनाको उमेदवारी परेको छ जसमा टिकाराम सापकोटा,भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी,माधव तिवारी,ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी,पुष्पमणि भण्डारी,ध्रुवबावु भट्टराई,खेमराज बराल,जिवन तिवारी,विक्रम कर्माचार्य,राधाकृष्ण अधिकारी,कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी,ईन्द्र बहादुर थापा,विरेन्द्र भण्डारी,कुलबहादुर रानाभाट,बुद्धि प्रसाद बास्तोला र लक्ष्मी प्रसाद ढुगाना रहेका छन् ।

यसैगरि महिला सदस्यहरुमा गंगा मल्ल,तुलसी थापा क्षेत्री, रञ्जना बराल शान्ति कुमारी खनाल र बुद्धि कुमारी मगरको उमेदवारी परेको छ भने सस्थागत सदस्यमा महेश्वर आचार्य र राम बहादुर गुरुङ र एशोसियट सदस्यका लागि विरेन्द्र बानियाँ र मेघराज पौडेलको उमेदवारी परेको छ । संघको निर्वाचनका लागि एक हजार सात सय ३६ जनाले मतदान गर्न पाउने छन् ।

निर्वाचन कार्यक्रम अन्तरगत भाद्र ९ गते उजिरी उपर छानविन हुने, १० गते उमेदवारी फिर्ता लिने र ११ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

Previous Post

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत, अन्य पदमा चुनाव हुने

Next Post

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते

भूतपुर्व खेलाडी मञ्चको साधारण सभा आश्विन ३ गते

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?