• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आज साउने संक्रान्ति, कर्णाली प्रदेशमा सार्वजनिक विदा

Lekhnath Khabar by Lekhnath Khabar
July 16, 2021
in समाचार, स्थानीय
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

१ साउन, काठमाडौं । आज साउने संक्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसलाई लुतो फाल्ने भनिन्छ ।

यसरी लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । तर यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणको जोखिमका कारण भिडभाड गर्न रोक लगाइएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशका सबै जिल्लामा लागू हुने गरी आज एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए ।

उनका अनुसार कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने संक्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिने निर्णय गरेको छ ।

Previous Post

मडिङवाकमा निस्कीएका कार्कीको निधन

Next Post

पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या, काठमाडौं लैजाने तयारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या, काठमाडौं लैजाने तयारी

पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या, काठमाडौं लैजाने तयारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?