लेखनाथ,२८ असार ।
उमेर ७६ वर्ष पुगेपनि सधै जसो मडिङवाकमा निस्कने वानी परेका पोखरा ३१ बेगनासताल निवासी गणेश बहादुर कार्कीको सोमवार विहान मडिङवाक कै क्रममा निधन भएको छ ।
पुर्व सरकारी कर्मचारी हुदै भुतपुर्व खेलाडी मञ्च देखि फुटवलका खेलाडीका रुपमा पनि चिनिएका कार्की शारिरिक रुपमा तन्द्रुष्ट देखिए पनि उनको अन्तिम यात्रा नै वाकिङबाट सोमवार विहान भएको हो ।
हरेक दिन जस्तै कार्की सोमवार बेगनासतालबाट शिसुवासम्म वाकिङ गर्दै हिड्ने क्रममा अचानक शिसुवाचोकमा आईपुग्दा ढलेपछि स्थानियले उपचारका लागि शिसुवा अस्पताल पु¥याउदा उनको निधन भईसकेको अस्पताल स्रोतले बताएको थियो ।
कार्की जागिरी जिवन पछि पुर्व कर्मचारी सेवा परिषद अन्तरगतका विभिन्न उप समिति मध्य खेलकुद बिकास समितिको संयोजक भएर काम गर्दै आएको परिषदका अध्यक्ष नरहरि बरालले बताउनु भएको छ ।
स्वर्गीय कार्कीको सोमवार नै सवयात्रा सहित अन्त्येष्ठी गरिएको छ । स्वर्गीय कार्कीकी श्रीमती राजनितीककर्मी सिता कार्की र छोरा राजेश कार्की र सन्तोष कार्की रहनु भएको छ ।
Discussion about this post