• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रानाभाटको पहलमा क्यान्सर पिडित दिप्तीलाई दुई लाख

Lekhnath Khabar by Lekhnath Khabar
July 19, 2021
in समाचार, समाज, स्थानीय, हेडलाईन
0
0
SHARES
685
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट

लेखनाथ, असार २५
ब्लड क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ ।
संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलले पिडित बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरेका हुन ।
विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम दिप्ती बचाउन अभियानका नेतृत्वकर्ता रामवहादुर रानाभाट मार्फत डा बास्तोलाले हस्तान्तरण गरेका हुन ।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको बेगनास युवा क्लवका निर्वतमान अध्यक्ष समेत रहेका रानाभाटले बताए । उनले अभियानमा निर्वतमान गृह एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले समेत सहयोग गरेको जानकारी दिए । बालिकालाई उपचार सहज होस् भनेर शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको बताउँदै रानाभाटले दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौं पठाउने व्यवस्था गरिएको उल्लेख गरे ।


उनले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहज होस् भन्ने उदेश्यले थप केही दिन अभियान चलाएर समापन गरिने बताए । सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै, रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने बताए ।
असार १ गते देखी क्षेत्रिय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा. बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको हो ।


अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा. वास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रिय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेत निशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क गरेर शुक्रबार नै पठाउने तयारी गरिएको समेत डा. वास्तोलाले बताए ।
क्यान्सरलाई थप फैलन नदिन ज्वरो क मगर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालले गरेको बताउँदै डा. वास्तोलाले थप उपचार यहाँ संभव नभएको बताए । ज्वरो आएर इमर्जेन्सीमा आउनु भएको रहेछ, हामीले भर्ना गरी छुट्टै कोठामा राखेर उपचार र अक्सिजन समेत व्यवस्थ गरेका छौं, डा वास्तोलाले भने, औषधी पनि निःशुल्क छ ।


उनका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको बताए । उनले बच्चालाई ए.एल.एलए क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो । डा वास्तोलाका अनुसार बच्चालाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।
रकम हस्तान्तरण गर्दै, डा. वास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिएका छन् । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभाट सहितलाई धन्यवाद समेत दिए । उनले भने—वास्तमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो ।
अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै, थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वसन दिएको बताए ।
पिडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिदै, यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन ।
रकम हस्तान्तरण गर्न संचारकर्मी नवराज सापकोटा, बेगनास युवाक्लवका सुरेन्द्र पुन र चित्रबहादुर गुरुङ्ग पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेका थिए ।

तस्बिर : सचिन रानाभाट

Previous Post

रोट्रयाक्ट क्लब अफ लेखनाथद्धारा बृन्दाबन धामलाई सहयोग

Next Post

लायन्स क्लब अफ पोखरा इष्ट टाउनद्वारा वृक्षारोपण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लायन्स क्लब अफ पोखरा इष्ट टाउनद्वारा वृक्षारोपण

लायन्स क्लब अफ पोखरा इष्ट टाउनद्वारा वृक्षारोपण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?