• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

सकियो कास्की काँग्रेसको छलफल, सय बढीले लिए एम्बुलेन्स सेवा

Lekhnath Khabar by Lekhnath Khabar
May 29, 2021
in राजनीति, समाचार
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १५ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ ।

कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो ।

पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु गरिएको छलफलका क्रममा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिवद्वता व्यक्त गरिएको छ ।

‘छलफल निकै उपयोगी भएको छ ,सभापति केसीले भन्नुभयो– सुझावकै आधारमा योजना तय गर्ने छौं।’

वैशाख ६ गतेदेखि शुरु भएको छलफलबाट प्राप्त सुझावका आधारमा कास्की काँग्रेसको बैठकले विपत्का बेला जनतासँग जोडिने योजना तय गर्ने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेस गम्भीर रुपमा छलफलमा जुटेको प्रवक्ता सिग्देलको भनाइ छ ।

यस अघि वैशाख २६ गतेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ ।

एम्बुलेन्स सेवाका लागि कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र मूख्य कार्यालय सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सचिव रानाभाटका अनुसार, एम्बुलेन्सले सयभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ ।

‘एम्बुलेन्स चाहिएको खबर आउँने बित्तिकै हामीले व्यवस्थापन गरेका छौं, सचिव रानाभाटले भन्नुभयो, एम्बुलेन्स सेवाबाट सर्वसाधारणले राहत महसुस गर्नुभएको पायौं ।’

एम्बुलेन्सले पोखरासहित हंसपुर, थुमाकोडाडाँ, थुम्सीकोट, माझठाना, घाटिछिना, लुम्ले, ल्वाङघलेल लगायतका क्षेत्रमा पुगेर बिरामीलाई सेवा दिइरहेको छ ।

Previous Post

सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट होऔं– प्रदेश प्रमुख

Next Post

कास्कीमा थप दश दिन लकडाउन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
कास्कीमा थप दश दिन लकडाउन

कास्कीमा थप दश दिन लकडाउन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?