लेखनाथ, ८ बैशाख ।
पोखरा महानगरपालिका वडा नं–२७ तालचोक निवासी सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष समाजसेवी मोती गिरीलाई पत्नीशोक परेको छ ।
समाजसेवी गिरीकी धर्मपत्नी यम कुमारी गिरीको बुधवार विहान उपचार कै क्रममा पोखराको चरक मेमोरियल हस्पिटलमा ५५ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । सुगर,पे्रसर र थाईराइडको विरामी रहनु भएकीे स्वर्गीय गिरीको अन्तिम अवस्थामा आएर कोरोना पोजेटिभ देखिएको थियो ।
सामुदायिक सेवा केन्द्रको विभिन्न तहमा रहेका गिरी झन्दै एक दर्जन भन्दा वढि संघ सस्थामा रहेर सामाजिक काम गर्दै आएका छन । स्वर्गीय गिरीको बुधवार नै नेपाल सरकारले तोकेको स्वास्थ्य विधि अपनाएर पोखरा–३२ को मजुवामा अन्तिम दाहसंस्कार गरिएको हो ।
स्वर्गीय गिरीका श्रीमान मोती गिरी, दुई छोरा मिलन र विक्रम रहेका छन ।
Discussion about this post