चैत ३० पोखरा ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितीे २०७८ सालको क्यालेन्डर बिमोचन गरेको छ ।“आफु पनि बंचौ अरुलाई पनि बचाऔं” भन्ने मान्यता लाई मनन गर्दे सामाजिक सचेतना जगाउदै गण्डकी मेडिकल कलेज अस्पताल परिसरमा क्यालेन्डर बिमोचन गरीएको हो ।
गण्डकी मेडिकल कलेज का प्राचार्य प्रा. डा. रवीन्द्र पसाद श्रेष्ठले ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए । दीपक कार्कीले भित्रे पात्रो सार्वजनिक गर्दै सम्पुर्ण कर्मचारी हरु एवं व्यवस्थापन बिच भावनात्मक एकता हुनुपर्ने कुरामा जोड दिदै कर्मचारीहरुको दुःख सुखमा साथ दिने बताए। भित्रेपात्रो प्रकाशन समितिका संयोजक हरि बहादुर बस्नेतले यस विषम परिष्थीतीमा सहयोग गर्ने सवैमा धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रम पहिलो पटक एकै साथ लेखनाथ कलेज र अस्पताल प्राङ्गडमा सन्चालन गरिएको थियो , कलेज तर्फको कार्यक्रमको संयोजन महेन्द्रराज कोइरालाले गरेका थिए । कार्यक्रममा कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवंम कर्मचारीहरुको व्यापक सहभागीता रहेको थियो ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाघ्यक्ष एवं बालरोग विशेषज्ञ डा. शकंर पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव राजन प्रोख्रेलले गरेका थिए ।
Discussion about this post