• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथमा खाष्टेताल महोत्सव सुरु

Lekhnath Khabar by Lekhnath Khabar
March 25, 2021
in अर्थ खबर, समाचार
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १२ चैत्र ।
गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्वा गुरुङले प्रकृती र संस्कृतीलाई जोडेर पर्याय पर्यटनको अवधारणा अनुसार अगाडी वढ्न आग्रह गरेका छन् ।

विहिवार देखि कास्कीको लेखनाथमा सुरु भएको प्रथम खाष्टे ताल महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश श्रेष्ठ मध्यको पनि श्रेष्ठ भएकाले यहाँ रहेका प्राकृतिक श्रोत र साधनको संरक्षण गर्दै मानव समृद्धिका लागि प्रयोग गनु पर्नेमा जोड दिएका हुन् ।
यहाँ रहेका प्राकृतिक सम्पदाहरुलाई आर्थिक समृद्धिसंग जोडेर लैजानु पर्नेमा जोड दिदै मुख्यमन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गदै मावनहितामा प्रयोग गदै आर्थिक समृद्धिसंग जोडनुपर्नेमा जोड दिएका हुन् । उनले प्राकृतिक सम्पदाहरुलाई आर्यआर्जनसंग जोडेर विकास र समृद्धिमा प्रयोग गर्दा स्थानीयले समेत फाइदा लिनसक्ने बताए । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा प्रचुर सम्भावना भएको प्रदेश भएको बताउदै प्रदेशको राजधानी पोखरा सहर प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बताए ।

पोखरा क्षेत्र ताल, हिमाल लगायत विविधतायूक्त प्राकृतिक स्रोत र साधनले सुसुजित रहेको बताउदै यस क्षेत्रको विकासका लागि तीनै तहको सरकाहरु वीच आपसी सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । मुख्यमन्त्री गुरुङले लेखनाथ र पोखरामा रहेका तालहरुको एकिकृत विकासका लागि योजना बनाएर अगाडी बढने बताए । उनले यहाँका तालहरुलाई पर्यटकीय रुपमा विकास गदै आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने बताउनुका साथै मेला, महोत्सवहरु पर्यटन विकासको पूर्वाधार समेत भएको बताए ।

सोही अवसरमा पुर्व सभामुख तारानाथ रानभाटले तालको विशेषता अनुसार विकास गराउदै लैजानु पर्ने सुझाव राखेका थिए भने प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले वर्तमान सरकारले तालहरुको संरक्षणलाई जोड दिएको बताउदै प्रकृती र मानव विचको सम्बन्धलाई जिवन्त दिनका लागि यहाँ रहेका ताल तलैया र अन्य प्राकृती स्रोत र साधनलाई नविग्रने गरि संरक्षण गर्नु पर्ने धारणा राखेका हुन ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसी ले प्राकृतीक स्रोतहरु मानव जिवनका लागि अभिन्न अंग भएकाले यी प्राकृतीक वस्तुको संरक्षणमा साझा एजेण्डा चाहिने सुझाव राखेका थिए भने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अवको एक महिनामा यहाँ रहेका तालहरुको मापदण्ड कायम गरि ताल संरक्षणका लागि एकिकृत विकासका योजनाहरु ल्याउने वताएका थिए ।

यसैगरि कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले ताल संरक्षणका लागि एकिकृत गुरु योजना बनाएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष वलराम ढकाल र पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले ताल तलैयाहरुलाई आय आर्जनमा जोड्ने गरि ब्यवसायीक बनाउनुपर्नेमा जोड दिदै महोत्सव आयोजना गर्नु नै सफलताको सुचक भएको धारणा राखेका थिए ।

आयोजक संस्था खाष्टे तथा न्यूरेनीताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरी प्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष ईन्दु लामिछाने र धन्यवाद ज्ञापन प्रचार प्रसार संयोजक ईश्वरराज भण्डारीले गरेका थिए ।

यसैविच महोत्सव उद्घाटनपुर्व खरानेफाँट चोकबाट विभिन्न जात जाती, महिला तथा आमा समुह, टोल विकास संस्था र युवा क्लवहरुको सहभागीतामा करिव ७० भन्दा वढि समुहले आ आफनो संस्कृती झल्कने गरी भेष भुष सहितको सास्कृतीक ¥याली निकालेका थिए ।

चैत्र २२ गते सम्म चल्ने महोत्वमा विभिन्न प्रकृतीका ११० स्टलहरु रहेका छन् भने महोत्सवमा दैनिक रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरङजनात्मक कार्यक्रमहरु हुने सह संयोजक शिवहरी ढुगानाले जानकारी दिएका छन् ।

Previous Post

कृषि उत्पादन विना देश आत्मनिर्भर हुन सक्दैन : कृषि मन्त्री थापा

Next Post

California Fires: This Is What Happens When You Breathe In Smoke

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

California Fires: This Is What Happens When You Breathe In Smoke

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?