रामशरण नेपाली/लेखनाथ, १२ चैत्र ।
कृषि उत्पादन बिना देश आत्मनिर्भर हुन नसक्ने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले वताएका छन । बिहिबार लेखनाथमा सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले आयोजना गरेको तरकारी ब्लक उद्घाटन एवं अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री थापाले यस्तो बताएका हुन ।
मन्त्री थापाले कृषि उत्पादनबिना आत्मनिर्भरताको कल्पना समेत गर्न नसकिने कुरामा जोड दिंदै प्रदेश सरकारले कृषिमा बढि भन्दा वढि लगानी गर्ने वताएका हुन । सरकारले चक्लाबन्दी कार्यक्रम मार्फत भुमिको उचित व्यवस्थापन गर्ने निति ल्याएको वताउँदै पालिकाहरुले पनि यस कार्यक्रमलाई अगाडि बढाउनुपर्ने वताएका हुन ।
पछिल्लो समयमा अनुदानकै लागि कृषि पेशा वा कृषि फर्म सञ्चालन गर्ने प्रवृति देखीएको भन्दै यो प्रवृतीलाई निरुत्साशित गर्न काम गरेपछि मात्र अनुगमन गरि भुक्तानी दिने व्यवस्था गर्न लागिएको वताएका थिए ।
यस्तै गण्डकी प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दिपक कोईरालाले सरकारले जुन उद्धेश्य लिएर ब्लक घोषण गरेको त्यसै अनुरुप निरन्तरता पनि दिनुपर्ने वताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायण प्रसाद बराल, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।
संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापक विकास रानाभाटले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुर्यप्रसाद बञ्जाराले गरेका थिए ।
Discussion about this post