लेखनाथ,१० चैत्र ।
खाष्टे र न्यूरेनीताल किनारामा विहिवार देखि सुरु हुन लागेको प्रथम लेखनाथ खाष्टेताल महोत्सवको पुर्व सन्ध्यामा बृहत्त सरसफाई कार्यक्रमको आयोजना गरियो ।
पोखरामा जारी बृहत सफाई अभियानको २०४ औं श्रृखलाको आयोजना र विभिन्न सामाजिक संघ सस्थाको सहभागीतामा मंगलवार महोत्व स्थल देखि खाष्टे न्यूरेनीताल किनारा वरपर सरसफाई गरिएको हो ।
यहि चैत्र १२ देखि २२ सम्म हुन लागेको महोत्सवको प्रचार प्रसार ताल वरपर रहेको फोहोर जन्य वस्तुको उचित ब्यवस्थापनका लागि सरसफाई अभियान संचालन गरिएको बृहत्त पोखरा सरसफाई अभियानका अभियान्ता रामवहादुर पौडेलले जानकारी दिएका छन् ।
सरसफाई अभियानले ताल वरपर रहेको फोहोरलाई संकलन गरि उचित ब्यवस्थापन गरिएको थियो । अभियानमा महोत्सव आयोजक समिति, पश्चिम पृतना हेड क्वाटर,राईजिङ स्टार युथ क्लव,स्थानिय आमा समुह,टोल विकास सस्था लगाएतको उल्लेखिए सहभागीता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश वातावरण सचिव डा.महेश्वर ढकाल,पश्चिम पृतना हेड क्वाटर क्याप्टेन सन्त वहादुर थिन, पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल, महोत्सव आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारी,राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङ लगाएतले आफुले गरेको फोहोरलाइ स्वयमले नै सफाई गर्ने हो भने सरसफाईको आवस्यकता नै नपर्ने सुझाव राखेका थिए ।
Discussion about this post