लेखनाथ, ९ चैत्र ।
सामाजिक,शैक्षिक तथा वाताबरणको क्षेत्रमा काम गरिरहेको अग्रणी सामाजिक संस्था सिड फाउण्डेसन(SEED Foundation) कास्कीको १७ औं साधारण सभा सम्पन्न भएको छ ।
सामाजिक समस्या , शैक्षिक गुणस्तर तथा अबसर साथै वाताबरण संरक्षणको उदेश्यका साथ २०६० सालमा स्थापना भएको अग्रणी संस्थाको साधारण सभाको अध्यक्षता संस्थाका संस्थापक कोषध्यक्ष तथा बर्तमान कार्य समितिका अध्यक्ष चन्द्र बहादुर थापाले गर्नु भएको उक्त कार्यक्रममा संस्थाले गरेको कामको प्रशंसा तथा भविष्यमा पनि अझै धेरै समाजसेवाका कार्यमा लाग्ने विश्वास ब्यक्त गर्नु भयो ।
संस्था का कोषाध्यक्ष इन्द्र बहादुर थापा ले कोषाध्यक्ष को आर्थिक प्रतिवेदन र सचिव मदन थापा ले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थापक सदस्य विश्वनाथ अधिकारी,सल्लाहकार सदस्य हरि प्रसाद घिमिरे ,प्रशिक्षक अनिता परियार ,संथापक सदस्य भूपू अध्यक्ष तथा सल्लाहकार नवराज अधिकारी साथै धु्रबनाथ अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
उक्त सभामा पुर्ब अध्यक्ष नवराज अधिकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा मनोनित हुनुभएको मा बधाई तथा सम्मान समेत ज्ञापन गरिएको कार्यक्रममा संस्थाले गरेका काम तथा भावि योजनाको बारेमा संस्थाका निर्देशक दामोदर भक्त थापाले स्पष्ट पार्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष शुशिला गुरुङ्गले राखेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिब मदन थापाले गर्नुभएको थियो ।






Discussion about this post