रामशरण नेपाली
लेखनाथ, ९ चैत्र ।
आन्तरीक पर्यटन प्रबद्र्धनका लागी सोमबार बेगनासताल परिक्रमा पदयात्रा सम्पन्न भएको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा आयोजित पदयात्रा बेगनासताल बाँध बाट शुरु भई पिप्ले, लामास्वाँरा, स्याङखुदी, सिम्ले, माझीकुना, सुन्दरीडाँडा भ्यू टावर, पचभैया, हुँदै पुन बेगनासताल आएर सम्पन्न भएको थियो ।
करिब ४ घण्टा अवधि र १६ किलोमिटर दुरी रहेको पदयात्रामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, आन्तरीक पर्यटन प्रवद्र्धन समिति गण्डकी प्रदेशका संयोजक अग्नी कँडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, बेगनासताल धार्मिक पर्यटन विकास समितिका अध्यक्ष धु्रवनाथ अधिकारी, बेगनासताल डुंगा व्यवसायीका ढकनाथ कँडेल, बेगनास मत्स्य व्यवसायी समितिका राजेन्द्र जलारी, पर्यटन प्रहरी प्रमुख गणेश खनाल, वडा नं. ३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, रुपाताल पुर्नस्थापना एवं मत्स्य सहकारीका अध्यष लेखनाथ ढकाल लगायत विभिन्न पर्यटन व्यवसायी एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।
पदयात्राको माध्यमबाट पदयात्रा गर्ने संस्कृतिको विकास हुनुको साथै विभिन्न पर्यटकिय सम्भावनाको खोजी हुनुका साथै आन्तरीक पर्यटकहरुको अगमनमा वृद्धि हुने आयोजकले विश्वास लिएको छ ।
Discussion about this post