• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजको ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’

Lekhnath Khabar by Lekhnath Khabar
March 17, 2021
in शिक्षा, समाचार
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

पोखराको सिद्धार्थचोकमा कार्यालय रहेको बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले यहि चैत ५ गते ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ आयोजना गर्ने भएको छ । आफ्नो १२ औं स्थापना दिवसको अवसरमा बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै यहि चैत ५ गते विहीबार सो कार्यक्रम गर्न लागेको हो । सिद्धार्थचोकस्थित बिकनको आफ्नै भवनमा हुने कार्यक्रम विहीबार पूर्वाह्न १० बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने संस्थाका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालले जानकारी दिए|

कार्यक्रममा बैदेशिक शिक्षाका लागि बिकनले विद्यार्थी पठाउने देशहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके र क्यानडाका विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले बैदेशिक शिक्षाको महत्व, ती कलेजहरुमा अध्यापन हुने विषय, त्यसको भविष्यसँगै ती देशहरुमा जानका लागि हुने भिसा प्रक्रिया र अप्नाउनुपर्ने सतर्कता लगायतका विषयमा निःशुल्क परामर्श दिने कार्यकारी निर्देशक अर्यालले बताए । ‘हामीले ५ देशका २० भन्दा बढी विश्वविद्यालयका आधिकारिक प्रतिनिधि ल्याएर परामर्श दिदैछौं’–उनले भने । उनले थपे, ‘यहि समयमा आउनु पर्छ भन्ने छैन, १० बजेदेखि ५ बजेभित्र जुनसुकै समयमा पनि आएर परामर्श लिन सकिन्छ ।’

सो दिन पूर्वाह्न १० बजेदेखि १ बजेसम्म भने २ वटा विशेष सेसन चल्ने अर्यालले जानकारी दिए । उनका अनुसार पहिलो सेसनमा सम्बन्धित विशेषज्ञले आयल्ट्समा कसरी धेरै भन्दा धेरै स्कोर ल्याउने भन्ने विषयमा टिप्स एण्ड ट्रिक्स सिकाउनेछन् । दोश्रो सेसन बैदेशिक शिक्षा सम्बन्धी सेसन हुनेछ । जसमा विषय विशेषज्ञले नोभल कोरोना भाइरस (कोभिड–१९) पछि बैदेशिक शिक्षाको अवस्था, ती देशमा रहेका विद्यार्थीहरुको अवस्था, कुन देशमा कस्ता विद्यार्थी जाँदा राम्रो, ती देशमा कसरी जाने ? त्यसका लागि गर्नुपर्ने भिसा प्रक्रियालगायतका बारेमा प्रष्ट्याउने उनले बताए ।

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा सहभागि हुने विद्यार्थी तथा अभिभावकहरुलाई बिकनले विशेष गिफ्टसमेत दिने जनाएको छ । तर त्यसका लागि शुरुमा आउनेलाई प्राथमिकता दिइने अर्यालले बताए । ‘हो हामी विभिन्न किसिमका आकर्षक गिफ्ट ह्याम्पर दिदैछौं तर शुरुमा आउने २ सय जनालाई मात्र’–उनले भने ।

वान अप इभेन्ट म्यानेजमेन्ट प्रालिको ब्यबस्थापनमा हुने ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’मा कक्षा १२ उत्तिर्ण वा त्यस भन्दा माथि अध्ययनरत विद्यार्थी, तीनका अभिभावकलगायत सहभागि हुनसक्ने अर्यालले जानकारी दिए । साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा तीनका अभिभावकसमेत सहभागि हुँदा राम्रो हुने बताए ।

१२ वर्षदेखि बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श र भिसा दिलाउनका लागि कार्य गर्दै आएको बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले आफ्नो स्थापना दिवसको अवसरमा अन्य सामाजिक कार्यहरुपनि गर्ने तयारी गरिरहेको कार्यकारी निर्देशक अर्यालले बताए ।

Previous Post

कपाल मुण्डन गरेपछि केकी भन्छिन् ‘एकछिन त रोएँ’

Next Post

खास्टेतालमा महोत्सव हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
खास्टेतालमा महोत्सव हुने

खास्टेतालमा महोत्सव हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?