चैत ३ लेखनाथ l
पोखरा महानगरपालिका वडा नं २८ माझठाना रैकर स्थित रत्न शोभा माध्यमिक विद्यालयमा निशुल्क स्वस्थ्य शिविर हुने भएको छ ।
बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र ग्यालेक्सी हस्पिटल पोखरा उत्तम चोकको प्राविधिक सहयोगमा आगामी चैत ७ गते शानिवार निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
उक्त शविरमा छाती, पेट, फोक्सो, मुटु, मृगौला, मधुुमेह, थाइराइड, हाडजोर्नी प्रसुती तथा स्त्रीरोग, बाल तथा नवजात शिशुको जाँच, मनोरोग सेवा, भिडियो एक्सरे सेवा, इसिजी, सुुगर लगाएतका सेवाहरु उपलब्ध हुने महेश कुमार सिग्देलले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं २८ को वडा कार्यलय र रत्न शोभा माध्यमिक विद्यालयको विशेष सहयोगमा हुने स्वास्थ्य शिविरमा रोगको प्रकृति अनुसार निशुल्क औषधी समेत उपलब्ध हुने बिहानी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक यज्ञ प्रसाद तिवारीले जानकारी दिए ।
अहिलेको विषम परिस्थितिमा विशेष गरी स्वास्थ्य सेवा पहँुच बाहिर रहेका समुदायहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य जाँचको आयोजना गरीएको र उक्त शिविरमा स्वास्थ्यको जाँच गरी स्वास्थ्य लाभ लिन सबैमा सिग्देलले आग्रह गरेका थिए ।
Discussion about this post