चैत्र २, पोखरा। राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबारदेखि चलेको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । महाधिवेशनले संघको संस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
संविधानसभा सदस्य समेत रहिसकेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत हुन् । महाधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरूमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि विश्वकर्मा दिपक परियार, विनोद परियार, टेकेन्द्र विश्वकर्मा र करन ताम्राकार, सर्वसम्मत निर्वाचित भएका छन् ।
महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन् । सचिवहरूमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली निर्वाचित भएका छन् । कोषाध्यक्ष भीमबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित भएका छन् ।
त्यस्तै ३ सदस्यीय अनुसासन आयोग समेत गठन भएको छ । केन्द्रीय सदस्यीय खुल्लातर्फ अमर सुनार, राधेश्याम विक, प्रवीण गजमेर, प्रेम सुनार, सरिता बराइली, मानसिंह विक, पिबी दियाली, फुलु सुनार, सञ्जय सौगात, राजेश सुनाम, वसन्त विक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त विश्वकर्मा, किसान सङ्गीत नेपाली निर्वाचित भएका छन् ।
महिला सदस्य पूर्णिमा जनला, राधा नेपाली, अनितकुमारी, सुनिता नेपाली, शान्ति गजमेर र मालती विक निर्वाचित भएका छन् । नवनिर्वाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता, मोहन शंकर, सुन्दर गहतराज, खिमलाल भुसाल, वरिष्ठ पत्रकार उमिद बागचन, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम विश्वकर्मा र राज्य टेलिभिजनका प्रवन्ध निर्देशक विष्णुप्रसाद भुसालले शुभकामना मन्तव्य राखेका थिए । सपथ ग्रहणपछि पहिलो बैठक बस्दैछ ।
शुक्रबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाधिवेशनको उदघाटन गरेका थिए भने नेपाली कांग्रेस नेता बालकृष्ण खाणले सम्बोधन गरेका थिए ।
Discussion about this post