लेखनाथ,२ चैत ।
लेखनाथ उद्योग बाणिज्य संघले आफना सदस्यहरुको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट पोखरा –२७ का स्व. शेख वहादुर जिसीको परिवारलाई सहयोग गरेको छ ।
संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।
यसैक्रममा पोखरा –२७ शिसुवाका जि सी टेड्रसका संचालन ५७ वर्षिय शेख वहादुर जिसीको गत फागुन २३ गते क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाको भ्रमणमा जादाँ अचानक ह्दयघात भई स्वर्गद्धारीमा असामायीक निधन भएपछि पिडित परिवारलाई राहत स्वरुप रु पचाँस हजार प्रदान गरिएको हो ।
स्वर्गीय परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको एक प्रतिनिधी टोलीले आईतवार स्वर्गीय जिसीको घरमा नै पुगी छोरी प्रियड्ढा जिसीलाई सहयोग स्वरुपको चेक
Discussion about this post