• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तेस्रो डायमण्ड रनिङ सिल्ड सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
March 12, 2021
in समाचार
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भएको खेलकुद प्रतियोगिता अन्रतगत फुटबल, भलिबल, क्रिकेट तथा टेवल टेनिसका फाइनल खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् ।
भलिबल तर्फ भएको छात्र भलिबलमा विद्यालय समूहलाई २—० को सेटमा हराउदै कक्षा ११ व्यवस्थापन समूह विजय भएको छ भने छात्रा तर्फ भएको फाईनल खेलमा विद्यालय समूहलाई २—०को सेटमा हराउदै कक्षा ११ समूह विजय भएको छ । भलिबल छात्र तर्फ वेष्ट स्पाईकर सुजन थापा हुन सफल भएका छन् भने छात्रा तर्फको वेष्ट स्पाईकर अनुषा गौतम ले हात पार्न सफल भएकी छन् । उत्कृष्ट खेलाडीको उपाधि भलिबलमा छात्र डलशिंह थापा र छात्रा खुसी गिरी ले हात पार्न सफल भएका छन् ।


टेबल टेनिस तर्फ भएको फाईनलका खेलहरु छात्रा कृपा थापा लाई हराउदै अनुषा गौतम प्रथम भएकी छन् भने अनुप गुरुङ्गलाई हराउदै सञ्चन क्षेष्ठले छात्र तर्फको टेबल टेनिसमा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका खेल शिक्षक बिनोद थापाले जानकारी गराएका छन् ।
क्रिकेट तर्फ भएको खेलमा स्कुल समुह र कक्षा ११ व्यवस्थापन समुह बिच भएको खेलमा पहिला टस जितेर व्याटिङ्ग रोजेको स्कुल समुहले निर्धारित १० ओभरमा ७९ रन बनाएको थियो । जबाफी व्याटिङ्गमा उत्रिएको कक्षा ११ व्यवस्थापन समुह ४९ रनमा समेटिदा स्कुल समूह २९ रनले विजयी हुने सफल भएको छ । फाईनल खेलमा पनि कक्षा ६ मा अध्ययन गर्ने अशोकराज तिमिल्सेनाले उत्कृष्ट बलिङ्ग गर्दै ५ विकेट लिएका थिए भने क्रिकेट तर्फको उत्कृष्ट खेलाडीको ट्रफि समेत हात पारेका छन्। त्यस्तै सर्वाधिक रन कर्ताको ट्रफि स्कुल समूहका नितेश गुप्ताले हात पारेका छन् भने र कक्षा ११ व्यवस्थापन समुहका सञ्चन क्षेष्ठ सर्वाधिक विकेट लिन सफल खेलाडि बन्न सफल भएको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख बिकाश लामिछानेले जानकारी दिएका छन् ।


डायमण्ड रनिङ सिल्डको केन्द्र विन्दु रहेको फुटबल प्रतियोगिताको छात्र तर्फ भएको खेलमा लगातार तिन पटक सम्म विजेता बन्दै डायमण्ड भूपू विद्यार्थी समूहले डायमण्ड रनिङ सिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । अति नै प्रतिस्पर्धाका विच भएको खेल ट्रराइबेक्ररमा कक्षा १२ व्यवस्थापन समूहलाई ४—३ ले पाखा लगाउदै डायमण्ड भूपू विद्यार्थी समूहले डायमण्ड रनिङ सिल्ड जितन सफल भएको हो । छात्रा तर्फ भएको फुटबलमा स्कुल समुहलाई २—०ले पाखा लगाउदै विज्ञान समूह प्रथम हुन सफल भएको छ । फुटबल तर्फ उत्कृष्ट खेलाडीको उपाधि प्रमिक रानाभाट ले हात पारेका छन् भने सर्वाधिक गोलकर्ताको उपाधि दर्शन गुरुङ्गले हात पार्न सफल भएका छन् ।


खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाईएको थियो । भने जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा सूचना प्रविधि तथा संचार संयोजक सुमन जि.सी.ले जानकारी दिएका छन् ।
तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता यहि फागुन २३ गते देखि २८ गते सम्म संचालन भएको थियो ।

Previous Post

तालचोकमा पोखरा मोर्डन बेकरी

Next Post

लेखनाथमा युवक झुण्डिएको अवस्थामा फेला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथमा युवक झुण्डिएको अवस्थामा फेला

लेखनाथमा युवक झुण्डिएको अवस्थामा फेला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?