फागुन,२६ पोखरा ।
पोखरा मोर्डन बेकरीेले पोखरा–२७ तालचोकमा शाखा बिस्तार गरेको छ । पोखराको सृजनाचोकमा प्रधान कार्यालय रहेको बेकरीले तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडा र तालचोकमा नेपाल बैंक लि. को अगाडी शाखा बिस्तार गरेको हो ।
सबै बेकरीका परिकार पोखराकै स्वादमा उपलब्ध गराउने उदेश्यले सेवा विस्तार गरिएको सञ्चालक सुमन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यस क्षेत्रका स्थानीयलाई पोखराकै स्वादमा बेकरीका परिकार दिलाउन हामी आएका हौं । आशा छ सबैको सहयोग हुने छ ।’ काठमाण्डौमा ग्राहकरुको पहिलो रोजाई बन्न सफल ताजा बेकरीकै शाखाको रुपमा रहेको पोखरा मोडर्न बेकरीलाई मोफसलका ग्राहक माझ ल्याएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
बेकरीमा गुणस्तरीय केक, ब्राउन व्रेड, ह्वाइट ब्रेड लगायतका १ सय ३० प्रकारका बेकरी सामाग्री उपलब्ध हुनुका साथै होम डेरिभरीको सुविधा पनि छ । उनका अनुसार यो बेकरीमा अर्डर अनुसारको डिजाइनमा केकहरु उपलब्ध रहेका छन् भने रेडिमेट केकको समेत ब्यवस्था हुने भएकाले ग्राहकहरुको रोजाईमा पर्ने विस्वास रहेको बताए । ३ वटा शाखा बिस्तार गरेको मोर्डन बेकरीको पोखरा–२९ सैनिकबस्तीमा उद्योग रहेको छ ।
Discussion about this post