लेखनाथ,२२ फागुन ।
गण्डकी मिजार समाज पोखरा–२६ ले शनिवार आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
पेशा ब्यवसायले बिभिन्न जिल्लाबाट पोखरा आएका मिजार दाजुभाईका विच भाईचाराको सम्वन्ध विस्तार गर्ने उद्धेश्यले गठित गण्डकी मिजार समाजका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी वक्ताहरुले जातिय बिभेदको अन्त्य गरि एकताका भावनाले अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
सस्थाका उपाध्यक्ष दिनेश दवाडीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बरिष्ठ सल्लाहकार तेज बहादुर नेपाली, सदस्य महिन्द्र हरिजन नेपाली, मनबहादुर चर्माकार, जुनादेवि नेपाली, पुर्ण वहादुर नेपाली र सचिव बुद्धराज बस्यालले आफ्ना दाजुभाईहरुको दुःख सुखमा एकका लागि सवै र सवैका लागि एक भएर अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
Discussion about this post