• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

विद्यार्थीहरुलाई उद्यमशीलता विकास पढाउदै पोखरा विश्वविद्यालय

Lekhnath Khabar by Lekhnath Khabar
March 6, 2021
in शिक्षा, समाचार, हेडलाईन
0
0
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

फागुन २२, पोखरा । पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन आगामी शैक्षिकसत्रदेखि चारवर्षे स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ । सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले चारवर्षे स्नातक अध्ययन गर्न पाउनेछन् ।

यसमा आठ सेमेष्टर प्रणालीबाट उद्यमशीलताका विभिन्न पक्षको सैद्धान्तिक र व्याहारिक विषयको अध्ययन हुनेछ । कोर्षका लागि वार्षिक रु तीन लाख १४ हजार २ सय शुल्क लाग्नेछ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट निर्धारण गरिएको छ । विश्वविद्यालयको नियमानुसार २० प्रतिशत पूर्ण छात्रवृत्तिसमेत दिइनेछ । आउँदो चैत २ गतेसम्म फर्म भर्ने अन्तिम समय दिइएको छ ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट अदि रिसव जैनले शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गरे । उपकुलपति डा अर्यालले उद्यमशीलता विषयको पढाइका लागि लामो समयदेखिको योजनाले मूर्तरुप लिएको जनाउँदै अब व्यवहारिकरुपमा यसलाई सफल बनाए ।

उनले बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन हुने अवस्थाले सृजना भइरहेकाले अध्ययनपश्चात युवाशक्ति विदेश पलायन नभइ स्वदेशमै उद्यमशीलतामा अग्रसर हुने विश्वास व्यक्त गरे । उनले देशमै स्व–व्यवसाय गरेर परम्परागत सीपलाई जर्गेना साथै अन्तर्राष्ट्रि्य ज्ञानको सदुपयोग गरेर देश समृद्ध बनाउने कार्यमा अग्रसर हुनसमेत सबैलाई आग्रह गरे ।

स्वर्णिम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट जैनले पोखरा विश्वविद्यालयले पहिलोपल्ट उद्यमशीलता पढाइलाई सञ्चालनमा ल्याएकामा बधाई दिँदै आफूहरू सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

जैनले देशको आर्थिक समृद्धि उद्यमशीलताबाट मात्र सम्भव हुने भएकाले यसको अध्ययन महत्वपूर्ण रहेको बताए ।

रासस

Tags: #पोखराविश्वविद्यालय #उद्यमशिलताविकाश
Previous Post

एम टुवेललाई चौथो विरेन स्मृति बिटी कपको उपाधि

Next Post

गण्डकी मिजार समाजको दोस्रो साधारण सभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकी मिजार समाजको दोस्रो साधारण सभा

गण्डकी मिजार समाजको दोस्रो साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?