कविराज खनाल
लेखनाथ, २१ फाल्गुण ।
सर्वोच्च अदालतको फैसलापछि संसद विघटनपछिको गम्भीर राजनीतिक संकट तत्काललाई टरेको भए पनि समस्या ज्यूँ का त्यूँ रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वताएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३२, भू.पू सैनिक संघले आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संकट तत्काललाई टरेको भए पनि नेपाली जनताका समस्या र राजनीतिक संकट ज्यूँ का त्यूँ रहेको औल्याउदै यसलाई हामीले ठीक ढंगले बेलैमा समाधान गरेनौं भने आगामी दिनहरुमा पनि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई फेरि संकटतर्फ धकेल्ने अहिलेकै जस्तो प्रयास हुन सक्छ ।
त्यसैले सर्वोच्च अदालतको फैसलापछि प्राप्त अवसरलाई देशमा विद्यमान संरचनात्मक समस्या हल गर्ने मौकाका रुपमा लिनु पर्ने वताउदै भू.पू सैनिकले देश प्रति गरेको योगदानको चर्चा गर्दै सैनिकहरुको योगदानलाई कदर गर्दै व्यवस्थालाई विकृती विसंगतीवाट वचाउनु पर्ने दायित्य भू.पू. सैनिकामा रहेको कुरामा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं. ३२, भू.पू. सैनिकका सभापति राजुखत्रीको सभापतित्वमा भएको सो कार्यक्रमा भू.पू. सैनिक संघका वयोवृद्ध सदस्य जयबहादुर शाहीलाई प्रमुख अतिथिवाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भने कार्यक्रमको संचालन सचिव रामचन्द्र श्रेष्ठले गरेका थिए ।
Discussion about this post