• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

‘बिटी कप’ ः कमलपोखरी, एम टुवेल, चाउथे र आयोजक अन्तिम चारमा प्रवेश

Lekhnath Khabar by Lekhnath Khabar
March 5, 2021
in समाचार
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २१ फागुन ।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा आयोजक सेतो, कमलपोखरी एफसी, चाउथे क्लब र एम टुवेल सेमिफाईनलमा प्रवेश गरेको छ ।

अन्तिम चारका सबै खेल र फाईनल खेल शनिबार पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा सम्पन्न हुने खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार शनिबार विहान ८ बजे आयोजक सेतो र कमलपोखरी एफसी बिच हुनेछ । भने दोस्रो सेमिफाईनल खेल चाउथे र एम टुवेल बिच हुनेछ । र फाईनल खेल दिउसो १ बजे सञ्चालन हुनेछ ।

आज (शुक्रबार) भएको पहिलो क्वाटरफाईनल खेलमा सत्य युवा क्लब बाझापाटनमाथी एम टुवेलले ४–१ गोल अन्तरले सहज जीत निकाल्यो । एम टुवेलको जीतमा मनिस क्षेत्रीले २ गोल गरे भने अविनाश तामाङ र सरोज तामाङले समान १ गोलको योगदान दिए । बाझापाटनको तर्फबाट अजय श्रेष्ठले सान्त्वना १ गोल फर्काएका थिए । सो खेलबाट एम टुवेलका मनिस क्षेत्री म्यान अफ द म्याचबाट पुरस्कृत बने ।

दोस्रो खेलमा बाझापाटन टिम बिलाई कमलपोखरीले २–१ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गर्याे । कमलपोखरीको जीतमा अनिल आले र सचेत गुरुङले समान १ गोलको योगदान दिए भने । बाझापाटन टिम बिको तर्फबाट विक्रम मल्लले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनिल आले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरे ।

तेस्रो खेलमा आयोजक सेतोले र मालेपाटनमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै कमलपोखरी सँग सेमिफाईनलमा भेट पक्का गर्याे ।

आयोजकको जीतमा पाहुना खेलाडी क्षितिज जिटीले निर्णायक गोल गरे र म्यान अफ द म्याच घोषित भए ।

अन्तिम क्वाटरफाईनल खेलमा नयांगल्ली एफसीलाई चाउथे एफसीले २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलका लागि एम टुवेलको निम्तो पायो । चाउथेको जीतमा रोशन नेपाली र मिन गुरुङले समान १ गोलको योगदान दिए । भने उक्त खेलबाट चाउथेका डिफेण्डर विशान गुरुङ म्यान अफ द म्याच बने ।

कुल ४२ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।

उनले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । साथै अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

प्रथम विमल शेरचन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

Next Post

राजनैतिक समस्या तत्काललाई हटेको तर समस्या ज्यँुका त्यू वरिष्ठ नेताः पौडेल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
राजनैतिक समस्या तत्काललाई हटेको तर समस्या ज्यँुका त्यू  वरिष्ठ नेताः पौडेल

राजनैतिक समस्या तत्काललाई हटेको तर समस्या ज्यँुका त्यू वरिष्ठ नेताः पौडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?