पोखरा, २१ फागुन । नेशनल प्याव्सन कास्कीको आयोजना अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रवार शुरु भएको छ ।
नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता शनिवार सम्म चल्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा बोल्दै राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता कोषेढु·ा सावित हुने बताए ।
‘विद्यार्थीलाई घोकन्ते शिक्षा नभई उसको क्षमताको आधार पढाई हुन जरुरी छ’ उनले भने, ‘विद्यार्थीसँग केही न केही क्षमता छ त्यसलाई निकालिदिने काम शिक्षकले गर्नुपर्दछ ।’
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिका निमित्त प्रमुख निलकण्ठ ढकालले यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई अवसर सृजना गर्ने बताए ।
पोखरा महानगर पालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेलले प्रतियोगिताले पठनपाठनमा सहयोग पु¥याउने बताए ।
नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष याम खड्काले प्रतियोगितामा वौद्धिक क्षमता देखाउने अवसर मिल्ने बताए ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु कायस्थले स्वागत र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Discussion about this post