लेखनाथ,४ फागुन ।
लेखनाथ उद्योग बाणिज्य संघले तालचोकको महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा महिला ब्यवसायीहरुले कृषिमा आधारीत घरेलु उत्पादनको कोशेली घर मंगलवार देखि संचालनमा आएको छ ।
लेखनाथ महिला ब्यवसायीको कृर्षि फर्म नाम दिएको कोशेली घरमा स्थानिय स्तरमा उत्पादीत वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि विक्रि केन्द्र स्थापना गरि पसल संचालनमा ल्याईएको हो ।
श्रीपञ्चमीको पावन अवसर पारेर मंगलवार देखि सुरु भएको पसलको सुभारम्भ गर्दै प्राङगारीक खेती कृषि उद्यमी समुहकी अध्यक्ष मिना गुरुङले स्थानिय स्तरमा कृर्षिमा आधारीत उत्पादनलाई ब्यवस्थीत तरिकाले प्याकेजिङ गरेर बजारीकरण गर्ने हो भने महिलाहरुको आय आर्जनमा बृद्धि हुने र रोजगार पनि सृजना हुने विश्वास दिलाउनु भएको थियो ।
सोही अवसरमा पोखरा महानगरपालिका कृषि महासाखाका प्रमुख मनहर कडेरीयाले महिलाहरुको अग्रसरतामा कृषिलाई ब्यवासयीक बनाउन यो योजना फलदायी भएकाले महासाखाको तर्फबाट सहयोग रहिरहने विश्वास दिलाउनु भएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले किसानहरुबाट उत्पादीत वस्तुको संकलन गरि सिधै किसानबाट उपभोक्ता सम्म पु¥याउने उदेस्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गरेको जानकारी गराउनु भएको थियो भने प्रधानमन्त्रि कृषि आधुनिक सुपरजोन कास्कीका प्रमुख अजय अधिकारीले महिलाहरु आफनो घरयासी काममा मात्र होईन आफुलाई स्वरोजगारी बनाउन कृषिमा आधारीत उत्पादनको प्रवद्धनमा लाग्नु पर्ने सुझाव राख्नु भएको थियो ।
लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगतको महिला परिचालन उप समितिका संयोजक मेनाका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरी,लक्ष्मीप्रसाद त्रिपाठी,समितिकी सल्लहकार तारा शर्मा ढकाल लगाएतले आर्थीक रुपान्त्रणका लागि महिलाहरु सामुहिक रुपमा अगाडी वढ्नु पर्ने आवस्कता रहेको विचार राख्नु भएको थियो ।
महिला परिचालन उप समितिकी सह संयोजक शान्ति खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सदस्य सचिव बुद्धिमाया मगरले गरेकी थिईन । महिलाहरु मात्रको सामुहिक लगानीमा संचालीत पसलमा २५ जना उद्योमी महिलाहरुको संलग्नता रहेको छ ।
Discussion about this post