लेखनाथ,२४ माघ ।
विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता सस्थाको सनिवार सम्पन्न २०औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले आगामी कार्यकालका लागि ठाकुर प्रसाद ढुगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा क्याप्टेन गणेशप्रसाद गुरुङ, सचिवमा सिता भण्डारी र कोषाध्यक्षमा क्याप्टेन ईन्द्रबहादुर गुरुङ रहनु भएको छ भने समितिको सदस्यहरुमा हर्क बहादुर श्रेष्ठ,गणेश आलेमगर,मनमाया लामा,भरतराज भटराई र खिमबहादुर राजभाट रहेका छन् । यसै गरि समितिको निबर्तमान अध्यक्ष प्रयागराज भण्डारी पदेन सदस्य र बाकी दुई जनाको मनोनित पछि गरिने भएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले किसानको खेतवारीमा सहज रुपमा सिंचाई सुविधा पु¥याउनका लागि सरकारी निकाय र उपभोक्ताका बिच सहकार्य गर्दै उत्पादन वढाउने योजनाका साथ अगाडी वढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
सस्थाका अध्यक्ष प्रयागराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका प्राविधिक सल्लाहकार ई.बशन्तमोहन भटराई,नेपाली काग्रेसका नेता राजेन्द्रमणि लमिछाने,नेकपा वडा नं २७ का सचिव रामप्रसाद तिमिल्सेना, समाजवादी पाटीको तर्फबाट कृष्ण रानाभाट,आजिवन सदस्य सल्लाहकार रामबहादुर गुरुङ,प्रगतिचोक आमा समुहकी अध्यक्ष देवी गुरुङ र सम्पुर्ण साखाहरुको तर्फबाट भीपप्रसाद लामिछाने लगाएतले सिंचाईलाई ब्यवस्थीत गर्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा सस्थामा रहेर उत्कृष्ठ कार्य गर्ने गणेश आलेमगर,तिलकसिंह गुरुङ र बुद्धिसागर जमरकटेल,नहर मर्मतमा सहयोग गर्ने छ जना उपभोक्ता,अवकास प्राप्त कर्मचारी गोपाल गुरुङ र सम्पुर्ण उपभोक्तहरुको तर्फबाट बलराम पुरीलाई सम्मान गरिएको थियो ।
Discussion about this post