लेखनाथ,२० माघ ।
कास्कीको लेखनाथमा सहकारीले आलुको उन्नत जातको विकास गर्ने भएको छ । आलुको उत्पादन, बालीमा रोग किराको प्रकोप जस्ता कुरालाई ध्यानमा राखेर लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्थाको अग्रसरतमा टिस्यु कल्चर र कार्डीनल प्रविधिबाट उत्पादन गरिएका आलुका जातको खेती गरीएको छ ।
गुणस्तरिय विउ उत्पादनका लागी कृषि ज्ञान केन्द्र स्याङजा र कास्कीको ९० प्रतिशत अनुदान एवं सहकारी संस्थाको अग्रसरता र प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना पोखराका संयोजक कृष्ण प्रसाद तिवारीको संरक्षणमा विउ उत्पादनको लागी ३० रोपनी क्षेत्रफलमा करिव चार लाख खर्च गरेर आलु खेती गरिएको हो ।
वर्षौंदेखि एकै प्रकारको आलु लगाउदा किसानको उत्पादनमा क्रमश ह््रास आउँदै जाने भएकाले पहिलो पुस्ताको विउ आलु उत्पादनका लागि पोखरा ३१ को गोरखनाथ मार्गको १० रोपनी, शिसुवा र तालचोक गरि करिव ३० रोपनी जग्गामा सात सय केजी आलु लगाईएको हो । यी ठाउँमा लगाईएका एम एस–४२ पहिलो पुस्ता, एम एस–४२ टिस्यु कल्चर र कार्डोनल जातका आलुको खेतीबाट करिव २०/२१ टन आलु फल्न सक्ने परियोजना प्रमुख तिवारीले जानकारी दिए ।
धेरै पुस्ता भएको विउमा उत्पादन क्षमता देखि रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकोले आम किसानहरुलाई गुणस्तरिय विउ उपलब्ध गराउने उदेश्यले नयाँ जातका आलुको विकास गरी विउ उत्पादनका लागी खेती गरिएको तिवारीले वताए ।
यो क्षेत्रबाट उत्पादन भएका विउलाई राम्रोसगँ पकाएर सहि तरिकाले उपचारका विधीहरु अपनाएर कोल्ड स्टोरमा राखीने र किसानहरुलाई उपलब्ध गराउने योजना रहेको परियोजना प्रमुख तिवारीले जानकारी दिएका छन् ।
Discussion about this post