हरि खरेल/भानु । तनहुँको भानु नगरपालिका वडा नं. ४ ले ठाँटीकोचौरमा ‘ठाँटीकोचौर कालिका बाल उधान’ को निर्माण गरेको छ । बाल बालिकाहरुलाई रमाउने वतावरण सिर्जना गर्नका लागि वाल उधानको निर्मााण गरिएको नगरपालिकाले जनाएको छ ।
विगत २ बर्ष देखि संञ्चालनमा आएको उक्त योजनामा चौतारा निर्माण, सिडी, चिप्लेटी, फुलबारी, पर्खाल, लगायतका काम भएको नगरपालिकाका ईन्जिनीयर लक्ष्मण पौडेलले जानकारी दिए । नगरको नमुना बाल उधानको रुपमा स्थापना गर्नका लागि यस योजनालाई निरन्तरता दिएको पौडेलले जानकारी दिए । २ बर्ष पहिलादेखी संञ्चालित योजनामा हालसम्म करिब २० लाख रुपैया बराबरको काम सम्पन्न भएको बताए ।
निर्माण स्थलमा सम्याउन र पर्खाल लाउने कार्यले गर्दा धेरै नै समय लागेको पौडेलले बताए । निर्माण सम्पन्न भएपश्चात सुविधा सम्पन्न उद्यानमा बालबालिकाहरु रमाउन सक्ने वातावरण, पिकनिक थलो र कार्यक्रमहरु पनि संञ्चालन गर्न सकिने नमुना बाल उधानको रुपमा विकास गर्ने बताए ।
पहिला विद्यालय रहेको र पछि विद्यालय संञ्चालनमा नआएपछि विद्यालय र ठाउँको नाम जोडेर बाल उधान निर्माण गरेको स्थानिय विद्या ढकालले जानकारी दिए । बाल उधान निर्माणपछि दैनिक रुपमा करिब २०÷२५ बाल बालिकाहरु साथै वृद्ध व्यक्तिहरु पनि जाने गरेको बताए ।
विद्यालय छुट्टि भएको समयमा साथै चाडबाडको समयमा बाढी मात्रमा बालबालिहरु साथै अन्य मानिसहरु पनि पुग्ने गरेको बताए । सबै ठाउँको केन्द्रमा रहेको पर पुल तरेर जान सकिने र शान्त बातावरण रहेको हुदाँ नगरको गौरबको योजनाको रुपमा स्थापित हुन सक्ने बताए ।
Discussion about this post