कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ स्थित हंशबाहीनी मा.वि.को प्रङ्गणमा गा्रमीण स्वास्थ्य तथा शिक्षासेवा गुठीमा आबद्ध (रेष्ट) संस्थाद्धारा आयोजित कविता प्रतियोगितामा छाब्दी मा.वि की मोनिका खड्का प्रथम भएकी छिन् । बाल विवाह शिर्षकमा रहेको कविता प्रतियोगितामा १५ जना प्रतिष्पर्धीलाई पछि पार्दै खड्काले प्रथम स्थान हासिल गरेकी हुन् ।
यसै गरि उक्त प्रतियोगितामा हंशबाहीनी मा.वि.की उषा पोखे्रल द्धितीय र जनकल्याण मा.वि की पुजा सुनार तृतीय भएका छन् ।
बाल बालिकामा चेतनाको विकास गराउने साथै अतिरिक्त क्रियाकलापमा पनि सक्षमा बनाउने उद्देश्यले रेष्टमा आबद्ध विद्यार्थीहरुलाई कविता प्रतियोगितामा सहभागि गराएको रेष्ट तनहुँ अल्मुनाकी सदस्य आशा पौडेलले बताईन् । यस संस्थाले विद्यालय जानबाट बञ्चित भएका, बाल मजदुर, बाल बिवाह, यौन हिंसा आदि ठाउँमा परेका किशोरीहरुलाई विद्यालय जाने वातावरण तयार गर्न सहयोग पु¥याउने बताईन् ।
कवितामा विद्यार्थीहरुले बाल विवाहका कारण, रोकथाम, कानुनि व्यवस्था र समाधानका विषय वस्तुलाई प्रस्तुत गरेका थिए । उक्त कविता प्रतियोगितामा १० ओटा विद्यालयका १६ जना प्रतिस्पर्धी सहभागि भएका थिए ।
Discussion about this post