दमौली । तनहुँका महिला पत्रकारहरुको लेखन क्षमता बृद्धि गर्नका लागि दमौलीमा दुई दिने क्षमता अभिबृद्धी तालिम प्रदान गरिएको छ । क्रियाशिल महिला पत्रकार तनहुँको आयोजनामा यहाँका सञ्चारमाध्यामहरुमा आवद्ध महिला पत्रकाहरुलाई तालिम प्रदान गरिएको हो ।
शनिबार र आइतबार दुई दिन सञ्चालन हुने तालिमको उद्घाटन गर्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महिला पत्रकारहरुले पत्रकारिताको क्षेत्रमा बलियो उपस्थिती जनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अनुसन्धानात्मक र तथ्यमा आधारित समाचार लेख्न पर्ने भन्दै अहिले संविधानको प्रभावकारी कार्यन्वयनको पक्षका समाचार लेख्नु पर्ने बेला आएको बताउनुभयो । उहाँले महिला पत्रकारहरुको क्षमता बृद्धिका लागि नगरपालिकाले सहयोग गर्न तयार रहेका समेत बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, महासंघ गण्डकी का सदस्य गोरा मियाँ, महासंघ तनहुँका पूर्व अध्यक्षहरु डम्मर अधिकारी, प्रदिप पौडेल लगायतले पत्रकारिताको परिवर्तन र विकासका लागि महिलाहरु पत्रकारितामा प्रभावकारी उपस्थिती जरुरी रहेको बताए ।
यहाँका विभिन्न सञ्चार माध्यममा आवद्ध रहेको ३० जना महिला पत्रकारहरुलाई लेखन बृद्धि गर्न तालिम सञ्चालन गरिएको हो । तालिममा क्रियाशिल महिला पत्रकारहरु सरिता पंगेनी र दुर्गा अधिकारी सहजीकरण गर्ने कार्यक्रम संयोजक सोनि शर्माले जानकारी दिनुभयो ।
Discussion about this post