दुलेगौडा । तनहुँमा शुक्लागण्डकीमा २ सहित जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बन्दिपुरमा २, व्यासमा २ र शुक्लागण्डकीमा २ रहेको गण्डकी प्रदेश स्वास्थय निर्देशनालय पोखराले जनाएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका वाड नं. ८ की ६६ बर्षीय महिला र वाड नं. ३ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी बन्दिपुर गाउँपालिका वाड नं. ६ का ६३ बर्षीय पुरुषमा कोरोना संक्रमाण पुष्टि भएको स्रोतमा उल्लेख छ । साथै सोही गाउँपालिका वाड नं. ५ का ८४ बर्षीय वृद्ध व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको व्यास नगरपालिकाका वाड नं. १ का ३६ र २० बर्षीय २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय पोखराले जनाएको छ ।
Discussion about this post