लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलील लागुऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वाड नं. ८ ( हाल पोखरा–८ न्यूरोड ) बस्दै आएका ३० वर्षीय अशोक वाचे मगर रहेको प्रहरीले जनाएको छ ।
पोखराको न्युरोड स्थित मगरको घरबाट कोठामा लुकाई राखेको लागुऔषध सहित उनलाई पक्राउ गरेको हो । जहाँ डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाईल १ थान प्रहरीले वरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि लागुऔषध कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post