हरि खरेल । तनहुँको म्याग्दे गाउँपालिकामा मंगलबार सम्पन्न भएको सार्वजनिक सुनुवाईमा स्थानीयहरुले गाउँपालिकाले सम्पादन गरेको राम्रा कामहरुको बारेमा जानकारी नदिएको गाउँपालिकाकी अध्यक्ष माया देवी राना आलेले गुनासो गर्नुभएको छ । जनप्रतिनिधि र कार्यालय मार्फत हुने कामको जस नपाउने गरेको भन्दै साना समस्याहरुलाई गम्भिर विषय बनाइएको भन्दै आपत्ति जनाउनुभयो ।
“सहभागिहरुले पुर्वाग्राही तरिकाले गाउ्रँपालिका मार्फत बजेट बिनियोजन हुन्छ पनि भन्नुभयो, यो एकदमै झुट हो ।” अध्यक्ष आलेले गुनासो गर्दै भन्नुभयो,“ प्रत्येक वडालाई ६० लाख रकम विनियोजन गरिएको हुन्छ, तर भुगोल र समस्याका आधारमा ५/१० लाख रुपैयाँ घटिबढी हुन्छ । हामीले कसैलाई पनि काखा र पाखा गरेका छैनौँ ।”
कार्यक्रममा केही व्यक्तिहरुले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा लापरवाही भएको गुनासो गरेका थिए । तर गाउँपालिकाकी अध्यक्ष रानाले भने गाउँपालिका भित्र सबैभन्दा उत्कृष्ट कार्य स्वास्थ्य सेवाबाट हुने गरेको दावि गर्नुभयो । “काम गर्दा १÷२ वटा विरोध गर्ने भएन भने काम गरेको स्वाद नि आउदैन ।” उहाँले बताउनुभयो ।
गाउँँपालिकाभित्रका जनताको बारेमा राम्रो काम गरेता पनि साना तिना गलतिलाई मात्र उठान गरेको उहाँले बताउनुभयो । तनहुँ खबर संगकुरा गर्दै अध्यक्ष रानाले गाउँ पालिकाबाट प्रदान गरिने काम विधि नियम र कानुन भन्दा बाहिर गएर नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । “राम्रो कामको मुल्याङ्कन होस ।” आलेले भन्नुभयो, “यदि गलत गरेको खण्डमा सल्लाह सुझाव दिइनुपर्छ ।”
्
Discussion about this post