• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

सभा र जुलुसका कारण कोरोना संक्रमण फैलने खतरा

Lekhnath Khabar by Lekhnath Khabar
December 16, 2020
in हेडलाईन
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

विश्वका कतिपय देशहरुमा कोरोना संक्रमणको दोस्रो लहर देखिन सुरु भएसँगै रोकथामको लागि ‘लकडाउन’समेत गरिएको छ । तर, नेपालमा भने सरकार र प्रतिपक्ष दल दुवैबाट कोरोनाको जोखिमको बेवास्ता गरिँदै छ ।

सरकारको समर्थन र विरोधमा निस्कने भिडले संक्रमणको जोखिम झनै बढेको विज्ञहरुको तर्क छ ।

कोरोना महामारी सुरु भएदेखि नै सरकारले कुनैपनि सभा, जुलुस तथा भिडभाड हुने गतिविधि नगर्न निरन्तर निर्देशन दिँदै आएको छ ।

तर, महामारीको समयमा पनि देशका विभिन्न ठाउँमा सभा, जुलुस र ठूला प्रदर्शनहरु भइरहेका छन् ।

आफ्नै निर्देशनको बेवास्ता गर्दै कतिपय सभाहरुमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि मन्त्रीहरुसमेत सरिक भएको थुप्रै उदाहरण छन् ।

नेपालमा संक्रमण दर उकालो लागिरहेको बेला सरकारको विरुद्ध र समर्थनमा विभिन्न जिल्लामा प्रदर्शन भएको थियो । तर, पछिल्लो समय सभा, प्रदर्शन धेरै हुन थालेका छन् ।

कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाको अनुगमनको क्रममा संखुवासभामा ठूलै जमघटलाई सम्बोधन गर्दै आफ्नै निर्देशनलाई लत्याउनुभयो ।

यस्तै, मंसिर २० गते राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देशका प्रमुख सहरहरुमा राजावादीले प्रदर्शन गरेका थिए ।

यस्तै, कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै आलोचना गर्ने नेपाली कांग्रेस आफैंले देशभर मंसिर २९ गते जनआन्दोलनकै झझल्को दिने विशाल प्रदर्शन गर्‍यो ।

सभा र जुलुसहरू संक्रमण फैलने दृष्टिले निकै खतरनाक भएको जनस्वास्थ्यविद्हरूको तर्क छ ।

तथ्यांकले नेपालमा कोरोना संक्रमणको दरमा कमी आएको देखाएपनि संक्रमणको जोखिम भने यथावत् नै छ ।

सहर, बजारको बढ्दो चहलपहलले पनि संक्रमणको दर घटेको हो किजस्तो देखिन्छ । स्वास्थ्य सुरक्षाका मापदण्ड निकै कम पालना गरेको पाइन्छ । सभा र जुलुसमा जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न सम्भव पनि हुँदैन ।

नेपालमा कोरोना संक्रमणको जोखिम यथावत् नै रहेकाले यस्ता गतिविधिले संक्रमणको दर फेरि उकालो नलाग्ला भन्न सकिन्न ।

अमेरिकामा चुनावपछि संक्रमितको संख्या निकै बढेको थियो । यो नै यसको ज्वलन्त उदाहरण हो ।

विश्वका मुलुकहरुमा संक्रमण रोकथामका लागि भएका प्रयासहरुबाट सिक्नुपर्नेमा राजनीतिक दल र सरकारकै बेवास्ता चिन्तालान्दो विषय हो । इमेज खबरका लागि मिरा बस्नेतले लेख्नसभएको छ ।

Previous Post

तनहुँमा आज ६ जनामा कोरोना पुष्टि

Next Post

चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स

चिसोमा दम रोगीले ध्यान दिनै पर्ने ७ टिप्स

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?