दुलेगौडा । तनहुँमा मंगलबार थप ६ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा म्याग्देमा ३ र व्यासमा ३ गरी ६ जनामा रहेकोे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका वाड नं.४ का ७२ बर्षीय वृद्ध व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । साथै सोही गाउँपालिका वाड नं. ७ का ५१ बर्षीय पुरुष र वाड नं. २ का ५७ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख छ ।
यसै गरि व्यास नगरपालिका वाड नं. २ का ६४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । साथै सोही नगरकै वाड नं. ४ का २३ बर्षीय पुरुष र ६४ बषीय महिलामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
Discussion about this post