दमौली । जिल्ला प्रशासन कार्यलय तनहुँले बाला चर्तुदशीका दिन जिल्ला भित्रका शिबालय मन्दिरहरुमा भिडभाड नगर्ने निर्देशन दिएको छ ।
नेपालि सनातन हिन्दू धार्मिक परम्परा अनुसारका पितृको मोक्ष र उद्धारका शिवालय वरिपरि सतबीज छरिने गरिन्छ ।
तर यस बर्ष कोभिड–१९ को महामारीका कारण जिल्ला भित्रका शिबालय मन्दिरमा भिडभाड गर्दा कोरोना फैलने जोखिम उच्च रहेको हुदाँ आ–आफ्नै घरमा बाला चर्तुदशी मनाउन प्रशासनले आग्रह गरेको छ ।
कोभिडको संक्रमण जिल्लामा दिनानुदिन बढिरहेको हुदा धार्मिक स्थिलहरुमा बत्ति बाल्ने तथा सतवीज छर्ने कार्यमा सर्वसाधारण जनताहरु संग्लग्न नहुन आग्रह गरेको छ । यस बर्ष मंसिर २८ गते पर्ने यस पर्व आ–आफ्नै घरमा मनाउन सुचना गरेको छ ।
प्रकाशित सुचनालाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रमण ऐन २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत राममणि मिश्रले जानकारी दिनुभयो ।
Discussion about this post