दमौली । तनहुँको सदरमुकाम दमौलीमा शुक्रबार राष्ट्रवादी अभियान तनहुँको नेतृत्वमा राजसंस्था पुर्नवहालीको माग गर्दै प्रदर्शन गरिएको छ ।
आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्तर्गत दमौलीमा जनप्रदर्शन भएको हो ।
मोटरसाईकल ¥यालि गरि “राजा आउँ देश बचाउँ” नारा सहित विभिन्न नाराहरुमा आधारित भई ठुलो युवा मासको जनसहभागितामा प्रर्दशन भएको हो । उक्त ¥यालिले दमौली परिक्रमण गरी राजसंस्था पुर्नवहालीको माग गर्दै प्रदर्शन गरिएको छ ।
दमौलीमा भएको प्रदशनमा विभिन्न ठाउँबाट उपस्थित युवाहरुले हातमा नेपालको झण्डा बोकेका थिए । साथै उनीहरुले राजसंस्थाको पुनर्बहाली तथा हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए ।
Discussion about this post