दुलेगौडा । विभिन्न सामाजिक तथा ब्यवसायिक प्रतिष्ठानको सफल नेतृत्व गरेको कृष्णबहादुर श्रेष्ठ जेसिस शुक्लागण्डकीको अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार राति भएको कडा प्रतिष्पर्धामा निकटम प्रतिद्धन्दी शिव विकलाई १ मतले पछी पार्दै श्रेष्ठ नेतृत्वका लागि निर्वाचित भएका हुन् ।
श्रेष्ठले बर्ष २०२१ म जेसिस शुक्लागण्डकीको कार्यभार सम्हाल्ने गरि बुधबार निर्वाचन भएको हो । यस्तै जेसिस शुक्लागण्डकीको कार्यकारणी उपाध्यक्षमा रमेश भण्डारी र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । जेसिसको १९ औँ साधारण सभा तथा १८ औँ अधिवेशनले दिपेन्द्र रिमाल,सुरज लम्साल र पुकार श्रेष्ठलाई उपाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
सहमतिमा अध्यक्ष छनौट गर्ने प्रयास विफल भएपछि चुनावी प्रतिष्पर्धाबाट निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो पक्षमा मतदान गर्नेहरुलाई धन्यवाद दिए । उनले शुक्लागण्डकी जेसिसलाई प्रतिष्ठित बनाउने गरि लागि पर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
५४ सदस्य मध्ये ५३ जनाले मतदान गरेको निर्वाचनमा श्रेष्ठले २७ र विकले २६ मत प्राप्त गरेका थिए ।






Discussion about this post