तनहुँ बन्दिपुर गाँउपालिका–१ याम्पा स्थित पृथ्वि राजमार्गमा सवारी दुर्घटनामा परि एक व्यक्ति घाईते भएका छन् । घाईते हुनेमा रौतहत जिल्लाको मध्येनारन गाँपालिका वडा १ बस्ने वर्ष २७ को राजेश राय यादब रहेको जिल्ला प्रहरीय कार्यालय तनहुँले जानकारी दिएको छ ।
बिहानको समयमा आबुखैरेनीबाट डुम्रेतर्फ जादैै गरेको ना ६ ख ७८२४ ट्रक र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख ७४०२ न.को ट्रक एक आपसमा ठक्कर खान जाँदा ट्रक चालक यादब घाईते भएका हुन् ।
घाईते यादबको दायाँ खुट्टा भाचिएको र शरिरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाईतकोे उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगेको थियो । हाल घाईते यादबको अवस्था मध्ययम रहेको साथै घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।







Discussion about this post