दमौली/अमरराज नहर्की । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र गुम्ने र प्रतिगमनले टाउको उठाउने अवस्था आएकोले नेपाली जनताले फेरी अर्को आन्दोलन गर्नु पर्ने अवस्था सृजना भएको बताउनु भएको छ । नेपाल प्रेस यूनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
नेकपाले जहाँ पनि हस्तक्षेप गरेर अधिनायकवाद लाद्न खोजेको र राजवादीहरु जुरुमुराएर प्रतिगमन निम्त्याउने अवस्था आएकोले जनता सडक ओर्लिएर प्रतिक्रार गर्नु पर्ने बताउनुभयो । स्वतन्त्र न्यायलय र अख्तियारमा सरकारले हस्तक्षेप गरेर तानाशाह शैली अपनाएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले जो दोषी छ त्यसलाई पार्टी नहेरी कन कारबाही गरिनु पर्ने बताउनु भयो । ‘दुधको दुध पानीको पानी छुट्टाउनु पर्छ , जुन दोषी औंला छ त्यही झर्छ आफ्नो अर्को भन्नु हुँदैन’ नेता पौडेलले भन्नुभयो । काँग्रेसको १४ औ महाधिवेशन तोकिएको अवधिमा हुनु पर्ने उहाँले बताउनुभयो ।
अभैm पनि तयारीको समय रहेकोले सम्भव भएको पौडेलको भनाई रहेको थियो । नेकाँ पार्टी विधि,नियम र पद्धतिमा चल्ने भएकोले तोकिएको मितिमै अधिवेशन हुनुपर्छ भनेर आन्तरिक रुपमा संघर्ष गरिरहेको पौडेलले बताउनुभयो । ‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टी भित्रै लडाई गरिरहेको छु ।’ नेता पौडेलले पत्रकार सम्मेलनमा भन्नुभयो । पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा हुनुपर्ने कुरामा नेता पौडेलको जोड दिनुभयो । सरकार देशको उन्नति र जनतालाई सुशासन दिनुको अलवा भष्टचार,पक्षपात र प्रतिगमन तर्फ लिप्त रहेको नेता पौडेलले आरोप लगाउनुभयो ।
नेपाली काँग्रेस जनताको भरोसाको केन्द्र भएकोले राजतन्त्र,अधिनायकबाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन नेपाली काँग्रेस सडकमा ओर्लिएर आन्दोलन गर्नु पर्ने उहाँले बताउनुभयो । ‘सानो त्याग र बलिदानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको होइन् । उहाँले भन्नुभयो, अन्यायको बिरुद्ध काँग्रेस सक्रिय भएर रोक्ने छ ’ । कार्यक्रम नेपाल प्रेस यूनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post