काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउँदै छन । दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ ।
आजै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी ओलीको निर्देशानुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको जनाइएको छ ।
द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी र परराष्टमन्त्री ज्ञवालीबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव श्रृंगला नेपालको भ्रमण सकेर शुक्रबार दिउँसो १ बजे भारत फर्कने कार्यक्रम छ ।
Discussion about this post