दुलेगौडा । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी पर्व भिडभाड नगर घर परिवारमै मनाउन तनहुँमा जिल्ला प्रशासन कार्यालयले आग्रह गको छ ।
जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै प्रशासनले विज्ञप्ती जारी गर्दे नदी किनार र मन्दिरमा नजान आग्रह गरेको हो ।
हरि वोधनी एकादशीमा लाग्ने मेला तथा तोरण तार्ने, नदीमा स्नान गर्ने, पुजा अर्चनाका लागि मन्दिर जाने कार्यलाई यस बर्ष रोक्न विज्ञेप्तीमा उल्लेख गरिएको छ । यस्तै सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु राखेर सार्वजनिक सवारी सञ्चालन नगर्न समेत अपिल गरिएको छ ।
प्रशासनले ब्यापार ब्यवसाय गर्दा समेत स्वास्थ्यका न्यूनतम मापदण्ड पालना नगरेको पाइएको भन्दै भौतिक दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको प्रयोग गरि सतर्कता अपनाउन भनिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको हस्ताक्षर सहित जारी भएको विज्ञप्तीमा सुचनाको अवज्ञा गर्ने ब्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।
हरिवोधनी एकादशीमा तनहुँको विभिन्न धार्मिक स्थलहरु सँगै सेती, मादी नदीका किनारमा विशेष मेला लाग्दै आएको थियो ।
Discussion about this post