दुलेगौडा । शुक्लागण्डकीमा २ सहित तनहुँमा थप ४ जनाका कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
बिहिबार शुक्लागण्डकीमा २, व्यासमा १ र स्थानिय तह नखुलेको १ गरी ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा शुक्लागण्डकी नगरपालिका ४ का ३० र ७० बर्षीय दुई पुरुष रहेको तथ्यङकले जनाएको छ ।
यसै गरी जिल्लाको व्यास नगरपालिका वडा नं. ५ का ४६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । साथै संक्रमित मध्यमा ८० बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । हालसम्म उक्त संक्रमित विरामीको स्थानीय तह र वडा खुलेको छैन ।
Discussion about this post