हरि खरेल/दुलेगौडा । नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहार आजबाट सकिएको छ । दिदि बहिनिको हातको टिका लगाई मनाईने तिहार पर्व कोरोना महामारीका कारण आम बुझाईको तिहार बन्न सकेन । तिहार भन्ने बित्तिकै देउसी, भैला र रंग रमाईलोमा भुलिएता पनि यस बर्ष भने रौनक बिहिनको तिहार बनेको अधिकाँशको बुझाई छ ।
प्रत्येक बर्ष साथिभाईको बिचमा देउसी र भैलोे खेलेर रमाईलो गर्दै आएता पनि यस बर्ष दिदि र बहिनिको साथमा मात्र रमाईलो भएको शुक्लागण्डकी २ निवासी उत्तम थापाले बताए । “सधै देउसी खेलेको, यो बर्ष खेल्ल नपाउदा तिहारमा के नपुगेको के नपुगेको जस्तो भयो” थापाले भन्नुभयो ।
बर्षेनी मनाइने तिहार पर्वको रौनक कम हुदाँ यस पर्वको महत्व नै कम भएको अनुभव छ शुक्लागण्डकी नगरपालिका ३ की रितु परियारसँग । तिहारको समयमा गाँउमा गएपछि रमाईलो हुन्छ भनेता पनि सोचे झै तिहारको माहोल बनेन” उहाँले भन्नुभयो “गाँउमा कोही कोहीले देउसी खेलेता पनि आफुलाई भने तिहार अएको र गएको थाहा नै भएन ।” सानो पारिवारिक भेटमा टिका लगाएर पनि रमाइलो महशुष नभएको उहाँले बताउनुभयो । “कोरोनाले गर्नु ग¥र्याे, न दशै न तिहारै ।” उहाँले भन्नुभयो ।
महान पर्वको रुपमा स्थापित तिहारको रमाईलो पलहरु सम्झनामा मात्र सिमित रहेको शुक्लागण्डकी नगरपालिका ४ का भीष्म श्रेष्ठले जानकारी दिनुभयो । आफै कोरोना संक्रमित हुदा अरुले तिहारको रमाईलो मानेर पटेका पट्काएको आवाज सुन्दा आफु भने बन्द कोठामा बस्नु परेकोमा नरमाईलो लागेको श्रेष्ठको अनुभव छ । तिहारको झिलिमिली र बाहिरी अवस्था के कस्तो छ भनेर अनुभव समेत गर्न नपाएको उहाँले बताउनुभयो ।
Discussion about this post