• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

तिहारले बढायो फुल उत्पादकको ब्यस्तता (फोटो फिचर)

Lekhnath Khabar by Lekhnath Khabar
November 14, 2020
in हेडलाईन
0
0
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

अशोक विश्वकर्मा, दुलेगौडा । पछिल्लो समयमा तनहुँको शुक्लागण्डकी र आसपासको क्षेत्रमा फुल खेति गर्ने कृषकहरु बढि रहेका छन् । नेपालीहरुको दोस्रो ठुलो पर्वको रुपमा परिचित तिहार घर आँगनमा भित्रदै गर्दा यहाँ फुल खेति गर्ने किसानहरुमा विशेष ब्यस्तता बढेको पाइन्छ ।

बारी र काल्नामा ढकमक्क फुलेका सयपत्रीलाई मालामा उनेर बजार पु¥याउन किसानहरु खुशी मुद्रामा ब्यस्त देखिन्छन् । शुक्लागण्डकी नगरपालिका ३ की दुर्गा खत्री पाँच जनाको समुहमा लगाएको सयपत्री फुलको मालाको माग आएपछि पछिल्ला दिन विहान देखि बारिमा नै ब्यस्त देखिनुहुन्छ ।

फुल खेतिबाट राम्रो फाइदा हुने अपेक्षा लिनुभएकी खत्रीलाई आजभोलि कवासेमा रहेको सयपत्री एग्रो फर्ममा माला उन्दै गरेको अवस्थामा देखिन्छ । अघिल्लो बर्ष रहरले लगाएको फुलले राम्रो आम्दानी दिए पछि यस वर्ष पनि फुल खेति गरेको उहाँ बताउनुहुन्छ । उहाँले बजारमा माग भए अनुसार माला पु¥याउन नसक्दा फुल खेति गर्ने उत्साह थपिएको बताउनुभयो ।

खत्रीसँगै माला उनिरहेका अर्का किसान माधवराज खनालले फुललाई बर्षै भरि उत्पादन गर्न सकिने भएता पनि खपत गर्ने बजार पायक नपर्दा उत्पादन गर्न नसकिएको बताउनुभयो । “मन्दिरको नजिक भएको भए राम्रो हुन्थ्यो, चाडबाडमा त पु¥याउनै गाह्रो भएको छ” खनालले भन्नुभयो “एक थुंगाकै पाँच रुपैयाँ पर्ने भएकाले राम्रै आम्दानी हुने रहेछ । ” खनालसँग अन्य पाँच जना सदस्यले सामुहिक रुपमा लगाएको फुल बेचेर तिहारमा मात्र झण्डै १ लाख ५० हजार आम्दानी गर्ने उनीहरुको योजना रहेको छ ।

सयपत्री एग्रो फर्मसँगै शुक्लागण्डकी नगरपालिका वडा न ९ सुरौदी किनारमा सयपत्री फुल फुलाएका ऋषेश्वर भुवाईले फुल खेतिमा आर्थिक समृद्धीको सम्भावना प्रचुर रहेको बतानुभयो । उहाँले बजारमा फुलको मागले उत्साह जगाएको भन्दै भारतीय फुललाई अझै पनि विस्थापित गर्न नसक्नु नेपाली कृषकहरुका लागि लज्जाका विषय भएको बताउनुहुन्छ । “ विषादी हालेको भारतीय फुल उपभोग र्नुपर्ने बाध्यतालाई हटाउन सम्भावना नै सम्भावना रहेको फुल खेति गर्नु उपयुक्त छ ।” उहाँले भन्नुभयो ।

भुवाईले फुल खेति गर्न इच्छुक कृषकहरुलाई प्राविधिक ज्ञानका कमि हुने गरेको भन्दै फुल खेति सम्वन्धि तालिमको आवश्यकता औल्याउनुभयो ।

उहाँहरुले शुक्लागण्डकी नगरपालिका दुई स्थानमा गरि झण्डै ३ रोपनी क्षेत्रफलमा सयपत्री फुल उत्पादन गर्नुभएको छ । यहाँ उत्पादन हुने फुल शुक्लागण्डकी बजार सँगै पोखराका बजारमा खपत हुने गरेको छ । फुल उत्पादकहरुले सिजनको बेलामा पोखराको बजारमा मात्र झण्डै करोड बराबरको फुल खपत गर्न सक्ने अनुभव सुनाउने गरेका छन् ।

Tags: फोटो फिचर
Previous Post

आज यमपञ्चकको तेस्रो दिन : साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

Next Post

आज गाई र गोरु तिहार मनाइँदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
आज गाई र गोरु तिहार मनाइँदै

आज गाई र गोरु तिहार मनाइँदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?