दुलेगौडा ।। तिहारको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार विधिवत् रूपमा हिजो बिहीबारबाट नै सुरु भएको हो ।
यस वर्ष यमदीपदान बिहबिारदेखि सुरु हुने भए पनि काग तिहार शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ।
कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । मिष्ठान्न खुवाएर आज दिन कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ ।
Discussion about this post