हरि खरेल/दुलेगौडा ।।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ र भिमाद नगरपालिका वडा नं.९ बिचमा रहेको बरखोला जरेबर मोटर पुलको एक कार्यक्रम बिच शिलन्यास गरेको छ । लामो समयदेखी उक्त खोलामा मोटर पुल हुदाँ खोलाबाटै आवत जावतमा गर्न स्थानिहरु बाध्य रहेका थिए । तर उक्त समस्यालाई मध्यनजर गदै प्रदेश सरकारको लगानिमा मोटर पुल निर्माण हुन लागेको हो ।
दुई वटा निवाचन क्षेत्र जोड्ने पुलको रुपमा स्थापित हुन लागेको हुदा उक्त पुललाई मितेरी पुलको रुपमा लिन सकिले गण्डकी प्रदेश आर्थिक तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिनुभयो । अबको केही महिनापछि नै स्थानियहरुले उक्त पुलको उपभोग गर्न सक्ने योजना मन्त्री गुरुङले बताउनुभयो ।
आफ्नो क्षेत्रमा परेको विकास निमार्णका योजनाहरुलाई समयमा कसरी समपन्न गर्ने तिर सबैको ध्यान केन्दित हुनुपर्ने प्रदेश संसद आशा कोईरालाले बताउनुभयो । विकासका कार्य के कसरी भईरहेको छ र त्यसको बारेमा स्थानियहरुले पनि विशेष निगरानि राख्नुपर्ने बताउनुभायो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ र भिमाद नगरपालिकाका नगरप्रमुख मेख बहादुर थापा दुबैले स्थानिय तहबाट आवश्यक पर्ने सम्पुर्ण कार्यमा साथ र सहयोग दिने बताउनुभयो ।
मोटर पुल निमार्णको लागि भौतिक पुवाधार विकास मन्त्रालयबाट ३ करोड ९८ लाख ६३ हजार २ सय ७७ रुपैयाको स्टमेटमा निमार्ण कम्पनि मुक्तिनाथ दिपजोतिे पोखराले ३ करोड ३६ लाख ७५ हजार ६ सय ३६ रुपैयामा सम्झैता गरेको छ । उक्त निमार्ण कार्य २०७८ असार २२ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने रहेको छ । पुलको लम्बाई ३२.४ मिटर हुने छ भने गाडी हिड्ने चैडाई ६ मिटर र फुट ट्रयाक दुबैतिर १.२/१.२ गरी जम्मा पुलको चैडाई ८.४ हुने ओम राज ढुङगानाले जानकारी दिनुभयो ।
Discussion about this post