कार्तिक २३ दमैली
तनहुँको व्यास नगरपालिका वडा नं. १४ का ९६ वर्षीय वृद्धको आइतबार दिउँसो २ः५० मा मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा आइतबार दिउँसो उपचारको क्रममा मृत्यु गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई कलेजको कोभिड कक्षको आईसीयूमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । डा.लम्सालका अनुसार उनी उच्च रक्त चापबाट पनि ग्रसित थिए ।
Discussion about this post