• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मानहुँकोटमा दैनिक ३ सय पर्यटकलाई प्रवेशानुमति, जग्गा खरिद बिक्रीमा रोक,

Lekhnath Khabar by Lekhnath Khabar
November 9, 2020
in समाचार
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ खबर संबादाता
कार्तिक २४,दमैली
पछिल्लो समयमा भाईरल बन्दै गएको तनहुँको मानहुँकोटमा सामान्यतया दैनिक ३ सय जना पर्यटकलाई मात्र दृश्यावलोकनका लागि प्रवेशानुमति प्रदान गर्ने निर्णय भएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना महामारीको बिचमा पनि अत्याधिक मानिसहरुको चाप बढेसंगै संक्रमण जोखीम न्युविकरणका लागि उक्त निर्णय गरीएको हो । मानहुँकोट जाने पर्यटकहरुलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरेर दृश्यावलोकनका लागि प्रवेश गराउने व्यवस्था मिलाउन सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको नगर प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकीय स्थलको रुपमा परिचत मानहुँकोटमा जग्गा खरिद बिक्री गर्न रोक लगाइएको व्यास नगर कार्यपालिकाको बैठकले निर्णय गरेको हो । मानहुँकोटको मौलिकताको संरक्षणका लागि गुरु योजना निर्माण गरिने भएको छ । कात्तिक २४ गतेदेखि लागु हुने गरी गुरु योजना निर्माण हुने अवधि पुस मसान्तसम्म मानहुँकोट क्षेत्रको जग्गा रजिष्टे«सन पाससम्बन्धी कार्यको सिफारिस बन्द गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकीय गन्तव्यको रुपमा रहेको मानहुँकोटमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि भएकाले व्यवस्थापकीय पक्षको विकासका लागि गुरुयोजना निर्माण गर्ने भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना निर्माण गर्ने, खानेपानी विस्तृत परियोजना निर्माण गर्नका लागि सो कार्यका लागि पाँच लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

मानहुँकोट परिसरभित्र सार्वजनिक शौचालय निर्माण लगायतका अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्न तत्काल नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरी निर्माण भएको छ । साथै, अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न संघ संस्थाहरुसंग साझेदारीका लागि प्रस्ताव आह्वान गर्ने निर्णय समेत गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

Previous Post

जन्मदिन मनाउने खर्च शैक्षिक क्षेत्रमा

Next Post

तनहुँमा कोरोना संक्रमित एक वृद्धको निधन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
तनहुँमा कोरोना संक्रमित एक वृद्धको निधन

तनहुँमा कोरोना संक्रमित एक वृद्धको निधन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?