कार्तिक,२३ भीमाद
तनहुँको भीमाद नगरपालिकामा कोरोना भाईरस संक्रमणपछि कन्ट्रयाक टे«सिङमा परेका कार्यालय तथा व्यवसायीक क्षेत्र पुर्ण रुपमा बन्द हुने भएको छ । सरकारी, गौरसरकारी, निजि संस्था, व्यवसायहरु एवम् व्यक्तिहरुको पि.सि.आर परीक्षणको नतिजा नआएसम्म पुर्ण रुपमा बन्द हुने नि.प्रमुख पशासकीय अधिकृत पदमराज आचार्यले जानकारी दिनुभयो ।
नगरभित्र संक्रमण फैलन नदिनका लागि कन्ट्रयाक टे«सिङ गर्न लागिएको हो । उक्त समयमा नगरले भिडभाड हुन नदिने, खेलकुद तथा संस्कृतिक कार्यक्रमहरु नगर्ने र बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको पि.सि.आर नतिजा नआएसम्म समुदायमा घुलमिल नहुन आग्रह गरेको छ ।
नगरले आज दिउसो ३ बजेदेखी लागु हुने गरी कार्तिक २६ गते रातिको १२ बजे सम्म पुर्ण रुपमा बन्द गर्ने भएको हो । कोरोना भाईरसको संक्रमण फैलन नदिनको लागि स्वास्थ्य मापदण्डको पालना गरी नगरलाई सहयोग गरीदिन भीमाद कार्यलयले सुचना पत्र मार्फत आग्रह गरेको छ ।
Discussion about this post