• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कन्ट्राक्ट ट्रेसिङलाई ब्यापक बनाउने सरकारको निर्णय

Lekhnath Khabar by Lekhnath Khabar
November 8, 2020
in समाचार
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिनुभयो । अहिले काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन ।

देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

उहाँका अनुसार सरकारले पहिले काठमाडौं उपत्यकामा ट्रेसिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।

निगरानी समूह

मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उहाँले बताउनुभयो । ती समूहका ५ देखि ७ जना रहने छन् ।

कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा टे«ेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन । “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ” उहाँले भन्नुभयो, “ अव उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।”

समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पु¥याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन ।

मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।

कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताउनुभयो । “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उहाँले भन्नुभयो, “तर अव फेरि हामीले ठूलो मात्रामा कन्याक्ट टे«सिङ गर्ने तयारीमा रहेका छौ ।”

उहाँले कन्याक्ट ट्रेसिङमा परेकामध्ये पिसिआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पिसिआर परीक्षण निःशुल्क गरिने बताउनुभयो । महाशाखाले कोभिड १९ संक्रमितसंग नजिक रहेको कममा तीन जनाको कन्टयाक्ट ट्रेसिङ गर्दै आइरहेको छ । कोभिड १९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नकालागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन जनादेखि ११० जनासम्ममा ट्रेसिङ गरिएको छ । सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई ट्रेसिङ गर्ने गरिन्छ ।

Previous Post

नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई ओलीको शुभकामना

Next Post

कोरोना संक्रमण देखीएका भीमादका कार्यालयहरु सबै पुर्ण रुपमा बन्द

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कोरोना संक्रमण देखीएका भीमादका कार्यालयहरु सबै पुर्ण रुपमा बन्द

कोरोना संक्रमण देखीएका भीमादका कार्यालयहरु सबै पुर्ण रुपमा बन्द

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?